ब्राउन सुगरसहित दुई जना पक्राउ

हिमाल प्रेस १४ साउन २०८१ २०:२१
12
SHARES
ब्राउन सुगरसहित दुई जना पक्राउ

काठमाडौँ- प्रहरीले सिरहाबाट दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

सिरहाको बरियारपट्टी गाउँपालिका–३ बाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका–६ बस्ने २४ वर्षीय विनय सिंह र भारत मधुबनी चौपाय–४ बस्ने ३४ वर्षीय रोशनकुमार यादव रहेको प्रहरीले जनाएको छ।

बरियारपट्टी हुलाकी सडकखण्डभन्दा ५० मिटर दक्षिण पेट्रोल पम्पनजिक लागुऔषध बिक्रीवितरण भइरहेको गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो धनुषा र इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट गएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको सिरहा प्रहरीका प्रवक्ता डिएसपी दिपककुमार सिंहले जानकारी दिए।

पक्राउ परेका उनीहरूको साथबाट १०३ ग्राम ब्राउन सुगर र मधेस प्रदेस ०१–००४ प ९९८९ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ साउन २०८१ २०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + three =