मेयर नकर्मीको निधनको शोकमा उपत्यकाका स्थानीय तहमा सार्वजनिक बिदा

हिमाल प्रेस ११ साउन २०८१ १९:३१
88
SHARES
मेयर नकर्मीको निधनको शोकमा उपत्यकाका स्थानीय तहमा सार्वजनिक बिदा

काठमाडौँ- आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।

बिहीबार मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ।

विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए।

फोरमका अध्यक्ष चीरीबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा नकर्मीको निधनको खबरले काठमाडौँ उपत्यका मेयर्स फोरम परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको उल्लेख छ।

यसैबीच चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले पनि विज्ञप्ति जारी गर्दै नकर्मीका असामयिक निधन भएकामा नगरपालिका परिवार अन्यन्त मर्माहत भएको उल्लेख गरेका छन्। उनले यही साउन १३ गते चन्द्रागिरि नगरपालिका र मातहतका निकायमा शोक बिदा गरिएको जानकारी दिए।

प्रकाशित: ११ साउन २०८१ १९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − seven =