एसिया कप : सम्झना खड्काको अर्धशतकमा नेपालको ऐतिहासिक जित

हिमाल प्रेस ४ साउन २०८१ १७:४०
102
SHARES
एसिया कप : सम्झना खड्काको अर्धशतकमा नेपालको ऐतिहासिक जित

काठमाडौँ- सम्झना खड्काको अर्धशतकमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली एसीसी महिला एसिया कपको पहिलो खेलमा ६ विकेटको जित दर्ता गरेको छ। खड्काले ३५ बलमा ८ चौकाको साथमा अर्धशतक पूरा गरिन्। ओपनरसमेत रहेकी उनले ४५ बलमा ११ चौका प्रहार गर्दै ७२ रनमा नटआउट रहिन्। यो उनको क्रिकेट करिअरको पहिलो अर्धशतक पनि हो। पुजा महतो ७ रनमा नटआउट रहिन् ।

नेपालका लागि सीता रानामगरले ७, कविता कुँवरले २ तथा इन्दु वर्माले ६, रुविना खड्काले १० रन जोडिन्। नेपालले टस जितेर यूएईलाई पहिलो ब्याटिङ गर्ने निम्तो दिएको थियो। यूएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन जोड्यो।

यूएईका लागि खुसी शर्माले सर्वाधिक ३६ रन जोडिन्। कविशा एगोदागेले २२ रन, इशा ओजा १० रन, तिर्था सतिश, ९ र रिनिथा रजिथ ६ रनमा आउट भए।

नेपालका लागि कप्तान इन्दु वर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन्। कृतिका मरासिनी, सबनम राई र कविता जोशीले १-१ विकेट हात पारे। रुविना क्षेत्रीले ४ ओभरमा १८ रन र सिता रानामगरले ३ ओभरमा १२ रन मात्र खर्चिए। एसिया कपका यसअघिका आठ वटा खेलमा नेपाल जितबिहीन थियो। आजको जित नै पहिलो जित पनि हो।

नेपालले अब आइतबार पाकिस्तानसँग खेल्नेछ। मंगलबार नेपाल र भारत खेल्नेछन्। यो समूह चरणको अन्तिम खेल पनि हो।

प्रकाशित: ४ साउन २०८१ १७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 14 =