प्रधानमन्त्रीको शपथका कारण ४ बजेलाई सर्‍यो प्रतिनिधिसभा बैठक

हिमाल प्रेस ३१ असार २०८१ ९:१० | Monday, July 15, 2024
प्रधानमन्त्रीको शपथका कारण ४ बजेलाई सर्‍यो प्रतिनिधिसभा बैठक प्रतिनिधिसभाको आइतबार बसेको बैठक। तस्बिर : रासस

काठमाडौँ- संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। जसअनुसार राष्ट्रियसभाको बैठक दिउँसो सवा ३ बजे बस्नेछ। त्यस्तै अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ। प्रधानमन्त्री र मन्त्रीको शपथका कारण बैठक अपराह्नलाई सरेको हो।

मन्त्रीपरिषद् बिस्तारसँगै नयाँ सम्भावित कार्यसूचीका लागि सभामुख र राजनीतिक दलका प्रमुख सचेतकबीच छलफल हुनेछ। सोही अनुसार आजको बैठकका लागि कार्यसूची तय गरिने संसद सचिवालयले जनाएको छ। सरकार परिवर्तनको असरस्वरूप यसअघि लगातार दुई पटक बैठकको मिति परिवर्तन गरेर नयाँ तय गरिएको हो।

प्रकाशित: ३१ असार २०८१ ९:१० | Monday, July 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast