फाइल तस्बिर
काठमाडौँ- इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा आत्मसमर्पण नगर्ने बताएका छन्।
ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँदिल्लीमा रहेका उनले भारतीय नेता तथा व्यापारीहरूसँगको भेटमा यस्तो बताएका हुन्।
संयुक्त राज्य अमेरिकाले इरानीहरूलाई धम्की दिएर आत्मसमर्पण गर्न बाध्य पार्न नसकेकाले जीविकोपार्जनमा समस्या र सुविधाहरूको अभावको अवस्था सिर्जना गरी आत्मसमर्पण गर्न बाध्य बनाउन खोजिरहेको उनले बताएको इरानको इरान समाचार एजेन्सीले जनाएको छ।
राष्ट्रपति पेजेस्कियनले छलफलका क्रममा इरानी जनताले आत्मसमर्पण नगर्ने प्रस्ट पारेका छन्। ।
इरानविरुद्धको अमेरिकी नौसैनिक नाकाकन्दी र आर्थिक युद्धको निन्दा गर्दै उनले भने, ‘वासिङ्टन इरानलाई स्वतन्त्र देश बनाउन चाहँदैन, तर हामी यसको बदमाशीको अगाडि झुक्ने छैनौँ।’
इरानले लामो समय देखि अमेरिकी नौ– सैनिक नाकाबन्दीको सामाना गर्दै आइरहेकोमा हालसालै वाशिंगटनद्वारा घोषित आर्थिक दवावपूर्ण कारबाहिको एक अभूतपूर्व अवस्था भोगिरहेको छ।
गत महिना, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलगायत इरानसँग आर्थिक कारेबार गर्ने कुनै पनि देश विरुद्ध ‘अहिलेसम्मको सबैभन्दा कडा आर्थिक कारबाही’ को घोषणा गरेका थिए।-रासस / सिन्ह्वा


