कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

हिमाल प्रेस २७ भदौ २०८३ १५:२२ | Saturday, September 12, 2026
कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

कांग्रेसले आइतबार (भदौ २८ गते) बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको जानकारी दिए।

बैठकमा समितिका पदाधिकारी, सदस्य र प्रदेश सभापतिहरूलाई उपस्थित हुन भनिएको उनले बताए।

पार्टीको १५ औँ महाधिवेशनबारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको बताइएको छ। संस्थापन र इतर समूहले छुट्टाछुट्टै महाधिवेशनको मिति घोषणा गरेर समानान्तर कार्यक्रम अगाडि बढाइरहेका छन्।

कांग्रेसकै केही नेताहरूले भने दुवै पक्षलाई तत्काल महाधिवेशनका कार्यक्रम स्थगन गरेर एकताका लागि छलफल गर्न आह्वान गरेका छन्।

प्रकाशित: २७ भदौ २०८३ १५:२२ | Saturday, September 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast