प्रधानमन्त्री नियुक्त नहुँदै सांसदहरूलाई शीतल निवासको निम्तो

हिमाल प्रेस ३० असार २०८१ १७:०३
188
SHARES
प्रधानमन्त्री नियुक्त नहुँदै सांसदहरूलाई शीतल निवासको निम्तो राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ- राष्ट्रपतिको कार्यालय शीतल निवासले प्रधानमन्त्रीको शपथ समारोहमा सहभागी हुन सांसदहरूलाई निम्तो पठाएको छ। शीतल निवासले प्रधानमन्त्री नियुक्त नहुँदै संसद् सचिवालयमार्फत सांसदहरूलाई शपथ समारोहमा सहभागी हुन निम्तो पठाएको हो।

राष्ट्रपति कार्यालयकी सहसचिव शैलजा रेग्मीले पत्र लेखेर सांसदहरूलाई निम्तो दिएकी हुन्।

‘नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूको भोलि मिति २०८१।३।३१ गते बिहान ११ बजे हुने शपथ ग्रहण समाहरोहमा उपस्थितिको लागि संघीय संसदका सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई बिहान १०ः३० भित्र राष्ट्रपतिको कार्यालय, शीतल निवास प्रवेश गरिसक्ने गरी निमन्त्रणा सहितको जानकारी सम्प्रेषण गरिदिने व्यवस्था हुन अनुरोध छ’ राष्ट्रपतिको कार्यालयको पत्रमा उल्लेख छ।

नेपाली कांग्रेस-नेकपा एमालेसहितको नयाँ गठबन्धन सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले गर्दैछन्। राष्ट्रपतिले प्रधानमन्त्रीमा दाबी आह्वान गर्दा ओलीले मात्रै दाबी पेस गरेका छन्। ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन्।

यस्तो छ निम्तो दिइएको पत्र 

प्रकाशित: ३० असार २०८१ १७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =