वर्षाबाट सबैभन्दा बढी प्रभावित बन्यो बागलुङ, पहिरोले ९ जनाको ज्यान गयो, १० घर भत्किए

हिमाल प्रेस १२ असोज २०८३ ६:२९ | Monday, September 28, 2026
वर्षाबाट सबैभन्दा बढी प्रभावित बन्यो बागलुङ, पहिरोले ९ जनाको ज्यान गयो, १० घर भत्किए

काठमाडौँ- बागलुङमा बाढी पहिरोमा परि ९ जनाको मृत्यु भएको छ। तीन दिनदेखि परेको अविरल वर्षाको कारण जिल्लाको विभिन्न ठाउँ बाढी पहिरोले मानवीय र भौतिक क्षति पुऱ्याएको छ।

आइतबार विहानैदेखि निसीखोला, तमानखोला, बडिगाड, ढोरपाटन, दरमखोलामा बाढी आएको छ भने ग्रामीण क्षेत्रमा पहिरोले घर पुरिएका छन्।

पहिरोले घर पुरिदा निसीखोला गाउँपालिका३ का एकै परिवारका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३६ वर्षीया श्याम कुमारी विक, उनका १३ वर्षीय छोरा मजोज विक, ८ वर्षीय छोरा मुकेश विक र ३ वर्षीय छोरा निशान विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए।

निसीखोला गाउँपालिका ६ मा पनि पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५० वर्षीय सुर्जे घर्ती मगर रहेका छन्। उनी सुति रहेको बेला घर माथिबाट आएको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको प्रसाईंले बताए।

उनका अनुसार घर पुरिदा तमानखोला गाउँपालिकामा पनि चार जनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर ३ का ८० वर्षीय बुद्धीराज घर्ती र ६५ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको प्रसाईंले बताए। तमानखोला गाउँपालिकाकै वडा नम्बर ४ मा पनि पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन्।

पहिरोले घर पुरिदा स्थानीय ५० वर्षीय हस्तवीर विक सिर्पाली र ६५ वर्षीया उदीसरा विका सिर्पालीको मृत्यु भएको छ प्रहरी उपरीक्षक प्रसाइँको भनाइ छ। ५० वर्षीया सरा विक वेपत्ता भएको उनले जानकारी दिए। गाउँ माथिदेखि खसेको पहिरोले १० घर भत्किएका छन्।

प्रकाशित: १२ असोज २०८३ ६:२९ | Monday, September 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast