प्रधानमन्त्रीमा ओलीले पेस गरे दाबी

हिमाल प्रेस २८ असार २०८१ २२:१६
30
SHARES
प्रधानमन्त्रीमा ओलीले पेस गरे दाबी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ७६ (२) अनुसार सरकार गठनको आह्वान गरेपछि ओलीले राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन्।

ओलीले शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई १६६ सांसदको समर्थन रहेको दाबी गरेका छन्। कांग्रेसका ८८ र एमालेका ७८ गरी १६६ सांसदको समर्थन लिएर ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन्। अन्य साना दलहरूलाई पनि सरकारमा सहभागी गराउने बताइएको छ।

संसदमा विश्वासको मत पाउन नसकेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट पदमुक्त भएका छन्। प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमा मतदान हुँदा पक्षमा ६३ मत परेको थियो। विपक्षमा १९४ मत परेको छ। विश्वासको मतका लागि भएको मतदानमा २५८ सांसद सहभागी थिए।

प्रकाशित: २८ असार २०८१ २२:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =