‘च्यातिएको जुत्ता’ भन्दै चर्चा चलेपछि क्रिकेटर नन्दनले भने : मैले नै प्वाल बनाएको हुँ

हिमाल प्रेस १० मंसिर २०८३ १२:३९ | Thursday, November 26, 2026
2
SHARE
‘च्यातिएको जुत्ता’ भन्दै चर्चा चलेपछि क्रिकेटर नन्दनले भने : मैले नै प्वाल बनाएको हुँ

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित खेलाडी एवं मध्यम गतिका बलर नन्दन यादवले आफ्नो जुत्ताको विषयमा चर्चा चलेपछि मुख खोलेका छन्।

यसअघिको एकदिवसीय खेलमा बलिङ क्रममा आफूले लगाएको जुत्ता च्यातिएको भन्दै सामाजिक सन्जालमा चर्चा भएको थियो। सामान्यतया कुद्न सहज होस् भनेर मध्यम गतिका बलरले जुत्ताको अगाडिको भागमा सानो प्वाल बनाउने गरेका छन्।

त्यही प्वालको फोटो खिच्दै कतिपय समर्थकले सन्जालमा राखेका थिए। जुत्ताकै कारण कतिपयले नन्दनको आर्थिक स्थिति नाजुक भएको बताएका थिए। तर नन्दनले आफैले प्वाल बनाएको स्पष्टीकरण दिएका छन्।

‘मेरो जुत्तालाई लिएर भइरहेको विवादबारे प्रतिक्रिया नदिई बस्न सकिनँ। वास्तवमा यो विषय निकै सामान्य भए पनि अनावश्यक रूपमा विवादित बनाइएको छ। भगवानको कृपाले म आफ्नै क्रिकेट सामग्री किन्न सक्ने हैसियत राख्छु। तस्बिरमा देखाइएको जुत्ता प्रचार गरिएजस्तो अवस्थामा छैन। त्यसमा देखिएको क्षतिलाई बढाइचढाइ गरिएको छ। वास्तवमा त्यो सानो प्वाल मात्र हो, जुन मैले खेल्दा सहजताका लागि आफैँ बनाएको हुँ।’ उनले भनेका छन्,‘‘वास्तविकता नबुझी भ्रामक सूचना फैलाउने वा अनावश्यक विवाद सिर्जना नगर्न म सबै सञ्चारमाध्यम र व्यक्तिहरूलाई विनम्र अनुरोध गर्दछु। समाचार प्रकाशित गर्नुअघि सामान्य तथ्य जाँच गर्दा पनि ठूलो फरक पर्न सक्छ। मेरो चिन्ता र समर्थन गर्नुहुने सबैप्रति म आभारी छु। तर, वास्तविकता नबुझी निष्कर्षमा पुग्नुभन्दा पहिले तथ्य बुझिदिन सबैलाई आग्रह गर्दछु।

प्रकाशित: १० मंसिर २०८३ १२:३९ | Thursday, November 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast