कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले खुलायो आईपीओ

हिमाल प्रेस १० मंसिर २०८३ १२:२५ | Thursday, November 26, 2026
2
SHARE
कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले खुलायो आईपीओ

काठमाडौँ- कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आज (बिहीबार) देखि आईपीओ निष्कासन गरेको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी ८० करोड रूपैयाँको १० प्रतिशत अर्थात् ८० लाख रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र अर्थात काभ्रेपलाञ्चोक जिल्लाका पाँचखाल नगरपालिका वडा नं. ७ का स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ९० लाख रूपैयाँ बराबरको ९० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।

स्थानीय बासिन्दाहरूले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने न्यूनतम १० कित्तादेखि अधिकतममा ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन बन्द छिटोमा मंसिर २४ गते र ढिलोमा पुस १३ गते हुनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि मंसिर २४ गतेसम्म लम्बिनेछ।

प्रकाशित: १० मंसिर २०८३ १२:२५ | Thursday, November 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast