नयाँ सरकार गठनका लागि ओली र देउवाले गरे हस्ताक्षर

हिमाल प्रेस २८ असार २०८१ २०:१७
48
SHARES
नयाँ सरकार गठनका लागि ओली र देउवाले गरे हस्ताक्षर

काठमाडौँ- सरकार गठनका लागि नेकपा एमाले र नेपाली कांग्रेसले दाबी पेस गर्न तयार पारिएको पत्रमा हस्ताक्षर गरेका छन्। संसद भवनमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रमा हस्ताक्षर गरेका हुन्।

राष्ट्रपति नयाँ सरकार गठनको आह्वान गरेलगत्तै प्रधानमन्त्रीमा केपी शर्मा ओलीले दाबी पेस गर्नेछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार कानुनविद्हरूसँग नयाँ सरकार गठनका विषयमा छलफल गरेका छन्। संसदबाट विश्वासको मत नपाएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट पदमुक्त भएका छन्। अब नयाँ सरकार गठनको संवैधानिक व्यवस्थाका विषयमा कानुनविद्हरूसँग राष्ट्रपति पौडेलले परामर्श गरेका हुन्। कानुनविद्हरूले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको आह्वान गर्न सुझाव दिएका छन्।

राष्ट्रपति कार्यालयले पनि सोहीअनुसार नयाँ सरकार गठनको आह्वान गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ।

 

प्रकाशित: २८ असार २०८१ २०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 10 =