पर्वतको फलेबासमा पहिरो, दुईजना बेपत्ता

हिमाल प्रेस २२ असार २०८१ १८:४४
26
SHARES
पर्वतको फलेबासमा पहिरो, दुईजना बेपत्ता

पोखरा- अविरल वर्षाका कारण पर्वतको फलेबास-१, कार्कीनेटामा पहिरोमा परेर दुईजना बेपत्ता भएका छन्।

स्थानीय ४० वर्षीय कुलप्रसाद पाध्याको गोठमा गएको पहिरोमा भैँसी र बाख्रा बचाउने क्रममा उनीहरू बेपत्ता भएका हुन्।

यस्तै, आँधिखोला गाउँपालिका-३ का ३३ वर्षीय तुलसीप्रसाद शर्मा पनि पहिराेमा बेपत्ता भएका छन्। पहिराेमा उनका दुई भैँसी, एक पाडो र चार बाख्रा पुरिएका छन्।

प्रकाशित: २२ असार २०८१ १८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 4 =