घनश्यामलाई माधवले भने : कार्यकारी महासचिव चलाउनुस्, सेरेमोनियल अध्यक्ष मलाई दिनुस्

हिमाल प्रेस १७ असार २०८१ १७:०७
घनश्यामलाई माधवले भने : कार्यकारी महासचिव चलाउनुस्, सेरेमोनियल अध्यक्ष मलाई दिनुस्

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको जारी दसौँ महाधिवेशनमा नेतृत्वमा रस्साकस्सी चलिरहेको छ। अहिलेसम्म तीन आकांक्षी मध्ये झलनाथ खनाल मैदानबाट बाहिरिएका छन्। उनी सम्मानीत नेतामै दोहोरिने पक्का छ। यता अध्यक्षमा वर्तमान अध्यक्ष माधव नेपाल र घनश्याम भुसालको टक्कर चुनावी भिडन्त पर्ने देखिन्छ।

नेपाल सर्वसम्मति चाहिरहेका छन् भने भुसाल चुनावबाट भए पनि अध्यक्ष नछाड्ने अडानमा छन्। नेपालले भुसाललाई मिलाउन नयाँ प्रस्ताव लगेका छन्। उनले आफूलाई अध्यक्ष दिएर कार्यकारी अधिकारसहितको महासचिव लिन भुसाललाई प्रस्ताव गरेका हुन्।

उनले भुसाललाई पहिले एमालेमा त्यस्तै प्रक्रिया रहेको र त्यसरी नै अघि बढ्न आफू तयार रहेको बताएका छन्। यता भुसालले भने यसबारे नमान्ने बताएका छन्। आफू चुनावबाट भए पनि अध्यक्ष लड्ने तयारीमा जुटेको जबाफ दिएका छन्। भुसाललाई खनाल समूहको समेत साथ छ।

नेकपा एसको महाधिवेशन : झलनाथ फेरि पनि सम्मानीत नेता बन्ने


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =