संसद्‌बाट बजेट पारित गर्ने कार्यसूची

हिमाल प्रेस ११ असार २०८१ ६:५९
10
SHARES
संसद्‌बाट बजेट पारित गर्ने कार्यसूची फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभाको बैठक मंगलबार बस्दैछ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेको छ।

त्यसअघि सांसदहरूले विभिन्न मन्त्रालयहरूको खर्च कटौतीको प्रस्ताव पेस गर्नेछन्।

त्यसपछि अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै अर्थमन्त्री पुनले आर्थिक विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुलसम्बन्धि विधयेक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

 

प्रकाशित: ११ असार २०८१ ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =