बकर इदले सबै नेपालीलाई एकापसमा जोड्ने उपराष्ट्रपतिको विश्वास

हिमाल प्रेस ३ असार २०८१ ७:३५
2
SHARE
बकर इदले सबै नेपालीलाई एकापसमा जोड्ने उपराष्ट्रपतिको विश्वास

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ‘इद–उल–अज्हा’ (बकर इद), २०८१ को अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

उनले खुसी, भाइचारा, सद्भाव, मेलमिलाप र सामूहिकतामा एकताको प्रतीकका रुपमा रहेको ‘इद–उल–अज्हा’, पर्वले सबैलाई एकापसमा मिलेर बस्न सन्देश दिनुका साथै गरिब र सहयोगको आवश्यकता रहेकालाई मद्दत गर्न उत्प्रेरित गर्ने उल्लेख गरेका हुन्।

यो पर्व त्याग, समर्पण र बलिदानको प्रतीकका रुपमा पनि मनाइन्छ ।

उपराष्ट्रपति राष्ट्रपति यादवले समाजमा समानताको भावनालाई पनि उत्तिकै बढावा दिने यो पर्व धार्मिकसँगै सामाजिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण रहेको बताए।

यसले समाजमा सामूहिकता, सहानुभूति र सहयोगको पवित्र भावनालाई प्रोत्साहित गर्ने उनको भनाइ छ । यो पर्वले हामीलाई आफ्नो सुख–दुःखलाई साझा गर्न र अभावमा रहेकालाई सहयोगका लागि सदैव तत्पर रहन पनि सिकाउने उनले बताए।

प्रकाशित: ३ असार २०८१ ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 2 =