सामान्य प्रशासन, ऊर्जा र अर्थ मन्त्रालयको बजेटमाथि आज प्रतिनिधिसभामा छलफल हुने

हिमाल प्रेस २ असार २०८१ ६:५१ | Sunday, June 16, 2024
सामान्य प्रशासन, ऊर्जा र अर्थ मन्त्रालयको बजेटमाथि आज प्रतिनिधिसभामा छलफल हुने संसद् बैठक । फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभा बैठक बस्दैछ। बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा बजेटमाथि मन्त्रालयगत छलफल जारी रहने भएको छ।

आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुने संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

त्यसैगरी बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

सांसद रामहरि खतिवडाले विनियोजन विधेयक २०८१ अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खचए रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

त्यस्तै, सांसदहरू अमरेशकुमार सिंह, प्रेम सुवाल, मुक्ताकुमारी यादव, राजेन्द्रप्रसाद लिङदेन, रोशन कार्की, श्यामकुमार घिमिरेले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

 

प्रकाशित: २ असार २०८१ ६:५१ | Sunday, June 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast