‘पाता फर्काउनुपर्ने’ अभिव्यक्तिले विवादमा तानिएकी उद्योगमन्त्रीले दिइन् राजीनामा

हिमाल प्रेस २५ भदौ २०८३ १३:४६ | Thursday, September 10, 2026
‘पाता फर्काउनुपर्ने’ अभिव्यक्तिले विवादमा तानिएकी उद्योगमन्त्रीले दिइन् राजीनामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव

काठमाडौँ-  उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन्। उनले केहीबेरअघि प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ समक्ष राजीनामा बुझाएको स्रोतले जनाएको छ। उनले ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने अभिव्यक्ति दिएपछि आलोचना भएको थियो।

प्रतिनिधिसभा अन्तर्गतको उद्योग समितिको बुधबार उपस्थित भएर उनले ग्यास उद्योगीलाई पाता कस्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन्। उनको अभिव्यक्तिलाई लिएर निजी क्षेत्रले चर्को विरोध गरेका थिए।

उनले चैत २७ गते मन्त्री पदको शपथ लिएकी थिइन् । उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद् हुन् ।

प्रकाशित: २५ भदौ २०८३ १३:४६ | Thursday, September 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast