अतिवादीहरू लोकतन्त्र समाप्त गर्न खोज्दैछन् : शेखर कोइराला

हिमाल प्रेस ३२ जेठ २०८१ १८:१५
20
SHARES
अतिवादीहरू लोकतन्त्र समाप्त गर्न खोज्दैछन्  : शेखर कोइराला नेपाली कांग्रेस धनुषाले शुक्रबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा कांग्रेस नेता डा. शेखर कोइराला। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसमाथि चौतर्फी आक्रमण हुन थालेकाले पार्टीमा निष्क्रिय भएर बसेका नेताहरूलाई सक्रिय हुन आग्रह गरेका छन्। नेपाली कांग्रेस धनुषाले जनकपुरधाममा शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा सम्बोधन गर्दै कोइरालाले यस्तो आग्रह गरेका हुन्।

कांग्रेसलाई कमजोर पारेमात्रै लोकतन्त्र समाप्त गर्न सकिन्छ भन्ने सोचबाट केही अतिवादी शक्तिहरु सक्रिय भएको कोइरालाको भनाइ छ। कोइरालाले राष्ट्रियता र लोकतन्त्र बचाउन कांग्रेस मात्रै सक्षम भएको बताए। उनले बलियो कांग्रेस आवश्यकता रहेको बताए। उनले भने, ‘विभिन्न समयमा पार्टी छाडेर अन्यत्र गएकाहरू पनि अब कांग्रेसमा फर्कनुपर्ने बेला भइसकेको छ। सबैलाई फर्कन म आग्रह गर्छु।’

उनले यतिबेला कांग्रेसको घर कमजोर भएको भन्दै भने, ‘पार्टी छाड्नुभएका तपाईं साथीहरूको आवश्यकता परिरहेको छ त्यसैले जेजे कारणले पार्टी छाडेको भए पनि अब सबै तिक्तता बिर्सेर पार्टीमा फर्किएर मुलुक हितमा काम गर्न मेरो सबैलाई आग्रह छ।’

हिजो पार्टी सञ्चालन गर्दा नेताहरूबाट पनि गल्ती भएको हुन सक्छ भन्दै उनले भने, ‘सबैले आआफ्नो कमीकमजोरी स्वीकार्दै पार्टी बलियो बनाउन लागौँ।’ लाई सम्बोधन गर्दै कोइरालाले गुटबन्दीले पार्टी थिलथिलो बनेको बताए। पार्टीमा अब गुटबन्दी नगरौँ भन्दै उनले भने, ‘गुटबन्दीकै कारण योग्य र ईमान्दार मानिसहरु पछाडि पर्दै गएको छ। यसलाई चिरेर अघि बढ्न सक्नुपर्छ।’

प्रकाशित: ३२ जेठ २०८१ १८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =