कांग्रेस संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस १५ भदौ २०८३ ७:४३ | Monday, August 31, 2026
कांग्रेस संसदीय दलको बैठक बस्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्ने भएको छ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार बैठक बिहान ११:०० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने तय भएको हो। बैठकमा वर्तमान राजनीतिक अवस्था, संसद्‍मा पार्टीको भूमिका र जनसरोकारका समसामयिक विषयहरूमा गहन छलफल हुनेछ। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी संसदीय रणनीति तय गर्न यो बैठक बोलाइएको हो।

प्राकृतिक विपद्का घटनाहरू र जनताका तत्कालीन समस्याका विषयमा समेत बैठकमा समीक्षा हुने जनाइएको छ।

प्रकाशित: १५ भदौ २०८३ ७:४३ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast