मधेशमा सरकार गठनका लागि दिइएको समय सकिँदै

हिमाल प्रेस २५ जेठ २०८१ ७:११
18
SHARES
मधेशमा सरकार गठनका लागि दिइएको समय सकिँदै

काठमाडौँ- मधेश प्रदेशमा सरकार गठनका लागि दिइएको समय आज सकिँदै छ। बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन्।

प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आज बिहान १० बजेसम्मको समय दिएको थियो।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले मधेशमा सरकार बनाउन लागेका छन्।

आजै मुख्यमन्त्रीका लागि जनमत पार्टीका सांसद सतिशकुमार सिंहले दाबी पेस गर्ने तयारी छ।

प्रकाशित: २५ जेठ २०८१ ७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =