मधेशका मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत, ढल्यो जसपा नेपालको सरकार

हिमाल प्रेस २३ जेठ २०८१ २०:४०
14
SHARES
मधेशका मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत, ढल्यो जसपा नेपालको सरकार

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्न असफल भएका छन्। प्रदेशसभामा बहुमत प्रदेश सभा सदस्यले उनको विपक्षमा मतदान गरेका छन्।

उनले आज (बुधबार) प्रदेश सभामा विश्वासको मत लागि प्रस्ताव राखेका थिए। बहुमत सदस्यले उनको प्रस्तावलाई अस्वीकृत गरेको हो।

कुल १०७ जना (सभामुखसहित) प्रदेश सभा सदस्य रहेको मधेश प्रदेश सभामा यादवको पक्षमा ५० र विपक्षमा ५३ मत परेको हो। सभामा १०३ जना प्रदेश सभा सदस्यको उपस्थिति थियो।

यादवलाई उनको पार्टी जसपा नेपाल, नेपाली कांग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएका थिए। यता नेकपा एमाले, जनमत, माओवादी, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी फोरम र नागरिक उन्मुक्ति पार्टीले उनको विपक्षमा मतदान गरेका थिए। विश्वासको मत पारित नभएमा मुख्यमन्त्री पदबाट मुक्त हुने व्यवस्था संविधानमा छ।

प्रकाशित: २३ जेठ २०८१ २०:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =