प्रधानसेनापति सिग्देलद्वारा चार सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

हिमाल प्रेस ६ असोज २०८३ १४:०४ | Tuesday, September 22, 2026
प्रधानसेनापति सिग्देलद्वारा चार सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ- नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पदोन्नति भएका चार सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

प्रधानसेनापति सिग्देलले मंगलबार जङ्गीअड्डामा आयोजित कार्यक्रममा गत भदौ ३१ गतेदेखि उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सोबेन्द्र सिंह महत र सहायक रथी प्रकाश थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

त्यसैगरी, सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी मदन जंग राणा र प्राविधिक महासेनानी भरतलाल श्रेष्ठलाई पनि प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूका साथै पदोन्नति भएका सैनिक अधिकृतका परिवारजनको उपस्थिति थियो।

प्रकाशित: ६ असोज २०८३ १४:०४ | Tuesday, September 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast