राहत शिक्षकको छैटौँ महाधिवेशन काठमाडौँमा, ८३७ समितिलाई यस्तो सर्कुलर

हिमाल प्रेस २२ जेठ २०८१ ११:४३
784
SHARES
राहत शिक्षकको छैटौँ महाधिवेशन काठमाडौँमा, ८३७ समितिलाई यस्तो सर्कुलर

काठमाडौँ- नेपाल राहत शिक्षक केन्द्रीय समितिले काठमाडौँमा छैटौँ महाधिवेशन गर्ने निर्णय गरेको छ। समितिको शनिबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले काठमाडौँमा छैटौँ महाधिवेशन गर्ने निर्णय गरेको हो।

समितिले ७७ वटै जिल्ला अध्यक्ष, ७ वटै प्रदेश समिति र ७५३ वटै स्थानीय समिति अध्यक्षलाई महाधिवेशन र अधिवेशनका लागि सर्कुलर जारी गरेको छ।

आगामी असार २८ र २९ छैटौँ केन्द्रीय महाधिवेशन गर्ने निर्णय सर्वसमितिबाट पारित गरेको भएको समितिको भनाइ छ। महाधिवेशनअगावै असार १५ गतेभित्र बाँकी रहेका स्थानीय, जिल्ला, प्रदेश समितिको अधिवेशन गरी सक्नुपर्ने र स्थानीय, जिल्लाको हकमा प्रदेश अध्यक्षको समन्वयमा र प्रदेशको हकमा केन्द्रीय समितिको समन्वयमा समापन गर्न अनुरोध गरिएको छ।

महाधिवेशनलाई चुस्त एवं नीतिगत र कानुनी पद्धतिमा सम्पन्न गर्न ९ सदस्यीय कार्यदल गठन गरिएको छ। उक्त कार्यदलमा नवीनसिंह धामी, वीरेन्द्रकुमार मल्ल, कृष्णविनोदकुमार पासवान, शारदा ढुंगाना तिमिल्सिना, कुमार बजगाईँ, डम्बरबहादुर राई, मोहनबहादुर भण्डारी, डीपी ढुंगेल छन्।

अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईँले सर्कुलरबमोजिमको कार्य गर्न गराउन स्थानीय, जिल्ला र प्रदेशका अध्यक्षलाई अनुरोध गरेका छन्।

प्रकाशित: २२ जेठ २०८१ ११:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + twelve =