सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रमलाई एमालेको समर्थन

हिमाल प्रेस २१ जेठ २०८१ १६:०४
12
SHARES
सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रमलाई एमालेको समर्थन

अत्तरिया (कैलाली)– नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम सकारात्मक रहेको धारणा सार्वजनिक गरेको छ।

संसदीय दलले आज धनगढीमा पत्रकार सम्मेलन गरी प्रदेश सरकारले आगामी आवका लागि ल्याएको नीति तथा कार्यक्रम विगतका वर्षको तुलनामा सकारात्मक धारणा सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै संसदीय दलका नेता राजेन्द्रसिंह रावलले नीति तथा कार्यक्रम जनताको जीवनस्तरसँग जोडिएर आएको बताए।

‘यो विगतका वर्षको तुलनामा प्रगतिशील छ। सिद्धान्त र प्राथमिताका आधारमा नीति तथा कार्यक्रम आएको छ। यही कार्यक्रमका आधारमा भोलिको बजेट अगाडि बढ्नेछ’, उनले भने। हिजोका दिनमा नीति तथा कार्यक्रम मुख्यमन्त्री केन्द्रित भएर आउने गरेकामा यसपटक फरक तरिकाले आएको भन्दै रावलले स्वागत गरे।

आइतबार सुदूरपश्चिम प्रदेशसभामा प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। रासस

प्रकाशित: २१ जेठ २०८१ १६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =