फाइल तस्बिर।
झापा- झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा रु १९ लाख ४५ हजार बराबरको भौतिक क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार विपद्का घटनामा मानवीय क्षति नभए पनि एक जना घाइते भएका छन् । घटनाबाट प्रभावित ६९ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
जिल्लाका विभिन्न स्थानमा सात वटा आगलागीका घटना हुँदा रु १२ लाख १० हजार बराबरको क्षति भएको छ । चट्याङबाट रु एक लाख बराबरको क्षति भएको छ । प्रहरी नायब उपरीक्षक अवाले विपद्का समयमा तत्काल उद्धार तथा राहतका लागि प्रहरी टोलीलाई चौबीसै घण्टा उच्च सतर्क अवस्थामा राखिएको बताए ।
प्रकाशित: ६ असोज २०८३ १०:३४ | Tuesday, September 22, 2026
प्रतिक्रिया


