राप्रपाले चलायो कूटनीतिक सम्बन्धमा बहस

हिमाल प्रेस २१ जेठ २०८१ ७:१२
72
SHARES
राप्रपाले चलायो कूटनीतिक सम्बन्धमा बहस

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपालको कूटनीति र परराष्ट्र नीति’ कार्यक्रम सन्चालन गरेको छ। कार्यक्रममा नेपालको कूटनीतिक सम्बन्धका विषयमा बहस गरिएको छ।

नेपालको हित र प्राथमिकता केन्द्रमा राखेर परराष्ट्र नीतिमा राष्ट्रिय सहमति हुनुपर्नेमा अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञाता अपेक्षा शाहले जोड दिएकी छन्।

‘परराष्ट्र नीति राष्ट्रको नीति हो, यसकारण राजनीतिक दलहरुबीच यस विषयमा एकरुपता हुनु जरुरी छ। परराष्ट्र नीतिमा राष्ट्रिय सहमति आवश्यक छ,’ अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयका उपप्राध्यापक शाहले आइतबार भनिन्।

परराष्ट्र नीति राष्ट्रिय प्राथमिकताको सवाल हुनु पर्नेमा राजनीतिक दलहरुबीच फरक–फरक धारणा रहेको पाइन्छ। फरक, फरक दल सरकारबाट जाँदा फरक, फरक नीति बन्नु देशको लागि हितकर हुँदैन, उनले भनिन्। ‘यसैले राजनीतिक दलहरु सहकार्य गर्दै एकै बिन्दुमा उभिनु जरुरी भएको छ।’

विश्वको हालको बद्लिदो भूराजनीतिमा नेपालको स्थान एकदमै महत्वपूर्ण रहेको र यस परिस्थितिमा नेपालले यथेष्ट लाभ लिन सक्नु पर्ने शाहको भनाइ थियो ।

कार्यक्रमको उद्देश्य प्रकाश पार्दै राप्रपाका प्रवक्ता एवं अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख सगुन सुन्दर लावतीले भने, ‘सफल कुटनीतिको विरासत र विगत मनन् गर्दै, आजको बहुध्रुवीय विश्वमा नेपालले आफ्नो प्राथमिकता तय गर्नु पर्दछ, परराष्ट्र नीति र कुटनीतिक सम्बन्ध सुदृढ गर्नु पर्दछ । रणनीतिक साझेदारी र लाभको सवाल अगाडि बढाउनु पर्दछ ।’

कार्यपत्र प्रस्तुत गर्ने क्रममा उपप्राध्यापक शाहले नेपालको परराष्ट्र नीतिको इतिहासदेखि वर्तमान सम्मको विकासक्रमको मिहीन विश्लेषण गर्दै, विद्यमान विश्व र क्षेत्रीय भूराजनीतिको सन्दर्भमा नेपाल कसरी सन्तुलित र रणनीतिक रुपमा अघि बढ्न सक्दछ भनेर सिफारीसहरु पेश गरिन् ।

प्रकाशित: २१ जेठ २०८१ ७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =