यार्सा टिप्न गएका मुगुका दुई जनाको लेक लागेर मृत्यु, एक सिकिस्त

हिमाल प्रेस १९ जेठ २०८१ १५:४६
16
SHARES
यार्सा टिप्न गएका मुगुका दुई जनाको लेक लागेर मृत्यु, एक सिकिस्त प्रतीकात्मक तस्बिर।

मुगु- यार्सागुम्बा टिप्न गएका दुई जनाको लेक लागेर मृत्यु भएको छ। पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका–१२ शोभा गाउँका २९ वर्षीया मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले मुगु गाउँबाट फोनमा जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पनि यार्सा संकलनमा गएका दुई जनाको लेक लागेर मृत्यु भएको र एकजना सिकिस्त बिरामी भएको बताए।

सिकिस्त बिरामी भएका कम्फा गाउँका राजबहादुर सावतलाई उपचारका निम्ति मुगुपाटनबाट मुगुगाउँतर्फ ल्याउँदै गरेको थापाले बताए। गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो। मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा संकलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको हो।

यार्सा टिप्न गएका युवकको लडेर मृत्यु

प्रकाशित: १९ जेठ २०८१ १५:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 9 =