वर्षाका कारण सिद्धिचरण लोकमार्ग अवरुद्ध

हिमाल प्रेस ९ असोज २०८३ ११:५७ | Friday, September 25, 2026
वर्षाका कारण सिद्धिचरण लोकमार्ग अवरुद्ध

ओखलढुंगा- लगातारको वर्षाका कारण ओखलढुंगाको सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ।

मानेभञ्ज्याङ गाउँपालिका-६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा सडकमाथिबाट लेदोसहितको बाढी आउँदा सडक अवरुद्ध भएको हो।

बाढीले सडकको भाग काटेर गहिरो बनाई करिब १५ मिटर सडकमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

अवरुद्ध सडक खुलाउन डिभिजन सडक कार्यालय हर्कपुरसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। सडक खुलाउन नसकिएपछि आवतजावत पूर्ण रूपमा बन्द छ।

प्रकाशित: ९ असोज २०८३ ११:५७ | Friday, September 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast