यस्ता छन् मन्त्रिपरिषद्‌ बैठकका २६ निर्णय

हिमाल प्रेस १८ जेठ २०८१ १८:०१
42
SHARES
यस्ता छन् मन्त्रिपरिषद्‌ बैठकका २६ निर्णय रेखा शर्मा

काठमाडौँ- बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २६ वटा निर्णय गरेको छ। बैठकले त्रिभुवन विश्वविद्यालयको काठमाडौं उपत्यकाभित्र रहेका जग्गाको अध्ययन अनुसन्धान गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

यसमा पूर्व सहसचिवद्वय महेन्द्रकुमार थापा, जानकीबल्लभ अधिकारी, विज्ञ सदस्य प्रा.डा प्रेमसागर चापागाईं र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सदस्य सचिव रहेका छन्।

त्यस्तै हतियार सम्बन्धमा इजाजतपत्र प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियाहरू इजाजत बाहकले घर बाहिर लैजान नपाउने निर्णय पनि गरेको छ। यात्रा इजाजत प्राप्त गरेका हातहतियार समेत तोकिएको स्थानमा लैजान नपाउने गरी निषेध गरेको छ।

यस बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जेठ ३१ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिने र सोपछि जर्मनी भ्रमण गर्ने कार्यक्रम स्वीकृत गरेको छ।

बनेपा नगरपालिकालाई १५ शय्याको अस्पताल निर्माण गर्न सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ।

 

प्रकाशित: १८ जेठ २०८१ १८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =