आयात २.३९ प्रतिशत घट्यो, राजश्व ११.१३ प्रतिशत बढ्यो

हिमाल प्रेस ७ जेठ २०८१ १६:१३
8
SHARES
आयात २.३९ प्रतिशत घट्यो, राजश्व ११.१३ प्रतिशत बढ्यो महोत्तरीको मुख्य भन्सार नाका भिट्ठामोडमा भन्सार जाँचका लागि लामबद्ध मालवाहक ट्रक । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस

काठमाडौँ– आयात र निर्यातमा निरन्तर संकुचन देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्म तथ्यांकमा उल्लेख छ। विभागका अनुसार आयात २.३९ प्रतिशत घटेको छ।

चालु आवको १० महिनामा नेपालले कुल १४ खर्ब २९ अर्ब ५३ करोड ५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। चालु आवको सोही अवधिमा आइपुग्दा भने झन्डै ३२ करोडले घटेको विभागको तथ्यांकमा छ। चालु आवको वैशाख मसान्तसम्ममा नेपालले कुल १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख रुपैयाँ बराबरको आयात भएको विभागले जनाएको छ। समिक्षा अवधिमा आयात र निर्यात दुवै घटेको विभागको तथ्यांकमा छ। भने आयातसँगै निर्यातमा पनि गिरावट आएको विभागको तथ्यांकमा छ।

गत आवको साउनदेखि वैशाखसम्म नेपालले कुल १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ बराबरको निर्यात भएको थियो। तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ३.६१ प्रतिशत घटेको विभागको तथ्याङकमा उल्लेख छ। समिक्षा अवधिमा कुल १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख रुपैयाँ बराबरको निर्यात भएको समेत विभागको तथ्यांकमा छ।

यस्तै, १० महिनामा नेपालले कुल ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको विभागले जनाएको छ। यो गत आवको तुलनामा भने २.२६ प्रतिशतले घटेको हो। गत आवको १० महिनामा नेपालले अन्तर्राष्ट्रिय व्यापरमा १२ खर्ब ४ अर्ब ४२ करोड २४ लाख रुपैयाँ कम भएको विभागको तथ्यांकमा छ।

विभागको तथ्यांकमा आयातभन्दा निर्यात न्यून भएपछि नेपालको वैदेशिक व्यापार घाटामा चुलिँदो अवस्थामा पुगेको विभागको तथ्यांकमा उल्लेख छ।

चालु आवमा गरिएको कुल आयातबाट सरकारले ३ खर्ब ४२ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ राजश्व उठेको विभागको तथ्यांकमा छ। गत आवको सोही अवधिको तुलनामा भने ३४ अर्ब ३३ करोड १२ लाख रुपैयाँ बढी हो। गत आवको १० महिनामा ३ खर्ब ८ अर्ब ४४ करोड ३० लाख रुपैयाँ राजश्व उठेको थियो।गत वर्षको तुलनामा भन्सार राजश्व ११.१३ प्रतिशत बढेको विभागले जनाएको छ।

प्रकाशित: ७ जेठ २०८१ १६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =