विपक्षी दलहरू गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिन सहमत

हिमाल प्रेस ६ जेठ २०८१ ११:५०
2
SHARE
विपक्षी दलहरू गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिन सहमत

काठमाडौँ- विपक्षी दलहरू गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिन सहमत भएका छन्। विपक्षी दलको आइतबार बिहान बसेको बैठकले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने र त्यसपछि परिस्थिति हेरेर अघि बढ्ने निर्णय भएको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए।

यस्तै सहकारीको रकम अपचलन, ठगी र हिनामिनाबारे छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन अर्को बैठक पनि बसिरहेको छ।

शनिबार बालुवाटारमा बसेको सत्ता र प्रतिपक्षको बैठकमा शीर्ष नेताहरूले सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्न सहमत भएर कार्यदललाई कार्यादेश निर्माण गर्न जिम्मा दिएका थिए।

प्रकाशित: ६ जेठ २०८१ ११:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − ten =