काठमाडौँ- बझाङको प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेले फेरि अग्रता लिएको छ।
एमालेका दमनबहादुर भण्डारीले ९ मतको अग्रता लिएका हुन्।
भण्डारीले ९ हजार ८८९ मत पाउँदा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ९ हजार ८८० मत पाएका छन्।
तेस्रोमा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ६६३ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार ४०५ मत पाएका छन्।
प्रकाशित: १७ वैशाख २०८१ ११:०७
प्रतिक्रिया