बझाङ- बझाङ क्षेत्र-१ प्रदेशसभा (क) को उपनिर्वाचन मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ।
मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार बैठकले आचारसंहिता तयार गर्ने छ। त्यसलगत्तै मतगणना सुरु हुने उनले बताए।
शनिबार भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो।
प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्।
प्रकाशित: १६ वैशाख २०८१ १२:२६ | Sunday, April 28, 2024
प्रतिक्रिया





