सर्वदलीय बैठक बोलाएको भन्दै रवि लामिछानेको प्रशंसा

हिमाल प्रेस १३ साउन २०८३ ११:५२ | Wednesday, July 29, 2026
12
SHARES
सर्वदलीय बैठक बोलाएको भन्दै रवि लामिछानेको प्रशंसा

काठमाडौँ- सुनसरी घटनाको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा लामिछानेको प्रशंसा गरेका छन् भने प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आलोचना गरेका छन्।

बुधबार बिहान सिंहदरबारमा बसेको बैठकमा सहभागी एक नेताका अनुसार नेपाली कांग्रेसका सभापति गगन थापाले बैठक आह्वान गरेकोमा रास्वपालाई धन्यवाद दिए।

उनले भने,‘प्रधानमन्त्री सरकारका प्रमुख हुनुहुन्छ। यति संवेदनशील विषयमा उहाँबाट अपेक्षित प्रतिक्रिया नआउनु चिन्ताको विषय हो। उहाँले सम्बन्धित निकायसँग तत्काल समन्वय र आवश्यक पहल गर्नुपर्छ।’

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि रास्वपा र सभापति रवि लामिछानेलाई धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाए।

उनले भने,‘यस संवादको आयोजना गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी र यसको सभापति रवि लामिछानेलाई धन्यवाद व्यक्त गर्दछु। राजनीतिक दलहरूको महत्त्वपूर्ण भूमिका भए पनि सुनसरी घटनाको समाधान गर्ने मुख्य जिम्मेवारी सरकारकै हो। प्रधानमन्त्रीले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ। उहाँले सार्वजनिक रूपमा धारणा व्यक्त नगर्नु तथा आवश्यक पहल नगर्नु आश्चर्यजनक छ।’

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता महन्थ ठाकुरले पनि प्रधानमन्त्रीप्रति असन्तुष्टि जनाए। उनले भने,‘घटनास्थलको वास्तविक अवस्थाबारे अझै स्पष्टता अभाव रहेको देखिन्छ। पहिलोपटक मधेशी प्रधानमन्त्री भए पनि प्रभावकारी सरकारी पहलको अभाव महसुस गरिएको छ। यदि प्रहरीको बल प्रयोग कुनै एक विशेष समुदायमाथि असमान रूपमा परेको हो भने यो गम्भीर चिन्ताको विषय हो।’

प्रकाशित: १३ साउन २०८३ ११:५२ | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast