आजको राशिफल

हिमाल प्रेस १३ वैशाख २०८१ ६:१८
22
SHARES
आजको राशिफल

आज मिति २०८१ बैशाख १३ बिहीबार, बैशाख कृष्ण पक्ष, प्रतिपदा तिथि, तदनुसार २०२४ अप्रिल २५ को तपाईंको राशिफल

मेष : आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। सोचेको आटेको काममा सफलता मिल्नेछ। व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ।

वृष : पढाइलेखाइमा प्रगति हुनेछ। आम्दानीका नयाँ श्रोतहरू फेला पर्नेछन्। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ।

मिथुन : आश मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।

कर्कट : घरेलु काममा रुची बढ्नेछ। धार्मिक र सामजिक काममा व्यस्त रहनुपर्नेछ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। स्वास्थ्यमा केही समस्या देखिन सक्छ।

सिंह : मेहनत गर्दा लक्ष्य हासिल हुने सम्भावना देखिन्छ। पढाइलेखाइमा प्रगति हुनेछ। व्यापार व्यवसायमा गरेको लाभ मिल्न सक्छ।

कन्या : दाम्पत्य जीवनमा खुसियाली छाउनेछ। आम्दानीका नयाँ श्रोतहरू फेला पर्नेछन्। व्यापार व्यवसायमा फाइदा हुनेछ। रमाइलो यात्राको योग रहेकोछ।

तुला : साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। अरूले तपाइको मेहनत र इमान्दारिताको खुलेर प्रशंसा गर्नेछन्।

वृश्चिक : परोपकारी काममा रुची बढ्नेछ। धार्मिक काममा व्यस्त रहनुपर्नेछ। विश्वास गरेकाले धोका दिन सक्छन्। सामाजिक उत्तरदायित्व बढ्नेछ।

धनु : सामाजिक उत्तरदायित्व वहन गर्दै विदेश जाने मौका मिल्नेछ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। पढाइलेखाइमा प्रगति हुनेछ।

मकर : शैक्षिक क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ। प्रयास गर्दा व्यावसायिक काम सफल हुनेछन। विगतका समस्या बल्झिए पनि साँझदेखि स्थितिमा सुधार आउनेछ।

कुम्भ : स्वास्थ्यमा केही समस्या आउने देखिन्छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। लामो समयपछि साथीभाइसँग भेटघाट हुँदा मन खुसी रहनेछ।

मीन : टाढाको यात्राको सम्भावना देखिन्छ। पढाइलेखाइमा प्रगति हुनेछ। व्यापार व्यवसायमा सामान्य फाइदा हुनेछ। मेहनत गर्दा गेरको कामहरू सफल हुनेछन्।

प्रकाशित: १३ वैशाख २०८१ ६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =