कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

हिमाल प्रेस १२ वैशाख २०८१ १७:१८
कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा टेकबहादुर गुरुङ

काठमाडौँ- नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ। सर्वोच्च अदालतले गुरुङलाई निलम्बन गर्नेसम्बन्धी संसद सचिवालयको सूचना बदर गर्ने आदेश दिएपछि उनको निलम्बन फुकुवा भएको हो।

भ्रष्टाचार मुद्दा खेपिरहेका बेला गुरुङ २०७९ को आम चुनावमा कांग्रेसको टिकटमा मनाङबाट निर्वाचित भएका थिए। उनी निर्वाचित भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रानुसार संसद सचिवालयले २०७९ पुस १२ मा उनी निलम्बन भएको सूचना प्रकाशित गरेको थियो। सर्वोच्चले सो निलम्बनसम्बन्धी सूचना बदर गर्न आदेश दिएको हो।

विशेष अदालतले भ्रष्टाचार मुद्दामा उनलाई दाेषी ठहर गर्दै आर्थिक जरिवाना गरेकाे थियाे तर जेल सजाय दिएकाे थिएन। सचिवालयका प्रवक्ता एकराम गिरीले सर्वोच्चले गरेको संक्षिप्त आदेश प्राप्त भएपछि त्यसअनुसार प्रक्रिया अगाडि बढेको बताए। सर्वोच्चको आदेशपछि स्वयम् गुरुङले आफ्नो निलम्बन फुकुवा गर्न संसद सचिवालयमा निवेदन दिएका थिए।

गुरुङले अब संसदीय कारबाहीमा नियमित भाग लिनेछन् भने उनले सांसदको हैसियतले पाउने सबै सुविधा पनि पाउनेछन्।

 

प्रकाशित: १२ वैशाख २०८१ १७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =