भ्रष्टाचार मुद्दामा कांग्रेस सांसद गुरुङ दोषी ठहर

हिमाल प्रेस १६ फागुन २०७९ २०:१०
192
SHARES
भ्रष्टाचार मुद्दामा कांग्रेस सांसद गुरुङ दोषी ठहर टेकबहादुर गुरुङ

काठमाडौँ- विशेष अदालतले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। तत्कालीन महिला बालबालिका तथा समाजकल्याणमन्त्री गुरुङसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको भृकुटीमण्डपस्थित फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टारचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो।

विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार गुरुङ उक्त मुद्दामा दोषी ठहर भएको र सजाय तोक्नका लागि फागुन २५ गते पेसी तोकिएको छ।
‘उहाँ (गुरुङ) दोषी ठहर हुनु भएको छ। अब यस मुद्दाका लागि फागुन २५ गतेको पेसी छ। त्यहीँ सजाय निर्धारण हुन्छ’ योगीले हिमालप्रेससँग भने।

अख्तियारले गुरुङसहित १४ जनाविरुद्ध २०७५ माघ १२ गते मुद्दा दायर गरेको थियो। मनाङबाट प्रतिनिधिसभा निर्वाचित गुरुङसहित ९ जनालाई अदालतले मंगलबार कसुरदार ठहर गरेको हो। अन्य पाँच जना भने निर्दोष ठहरिएका छन्। योगीका अनुसार गुरुङ मतियारको रुपमा दोषी ठहरिएका हुन्। यही मुद्दाका कारण उनी निलम्बनमा परेका सांसद हुन्।

कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा

 

प्रकाशित: १६ फागुन २०७९ २०:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 3 =