कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा

हिमाल प्रेस १२ पुष २०७९ १६:५७
330
SHARES
कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा टेकबहादुर गुरुङ

काठमाडौँ- नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेका छन्। भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका पूर्वमन्त्रीसमेत रहेका गुरुङको पद निलम्बनमा परेको हो। संघीय संसद् सचिवालयले मंगलबार सूचना जारी गर्दै अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाको अन्तिम फैसला नहुन्जेसम्मको लागि पद स्वत: निलम्बनमा परेको जनाएको हो।

अदालतमा मुद्दा हुँदा पनि गुरुङले सांसद पदको शपथ भने लिएका थिए। गुरुङमाथि श्रम तथा रोजगार राज्यमन्त्री हुँदा काठमाडौँ फनपार्कको जग्गा भाडामा लगाउँदा रकम हिनामिना गरेको अभियोग छ। उनी तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा राज्यमन्त्री थिए।

२०७५ साल माघमा अख्तियारले गुरुङसहित १६ जनाविरुद्ध विशेष अदालतमा सरकारी सम्पत्ति हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरेको थियो। यो मुद्दामा गुरुङका नाममा ३१ करोडको बिगो तोकिएको छ। प्रहरी हत्यामा संलग्न एमालेका सांसद लक्ष्मी महतो कोइरीको पनि मुद्दा खेपी रहेका छन्। गुरुङ र लामिछानेलाई निलम्बन गरिदिन भन्दै संसद् सचिवालयमा अख्तियार र प्रहरीले पत्र पठाएका थिए।

यो पनि 

भ्रष्टाचार र हत्या अभियोगमा मुद्दा खेपिरहेका सांसदले पनि लिए शपथ

 

 

प्रकाशित: १२ पुष २०७९ १६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + ten =