स्वदेश फर्किए कतारी राजा [फोटो फिचर]

हिमाल प्रेस १२ वैशाख २०८१ १३:३६
30
SHARES
स्वदेश फर्किए कतारी राजा [फोटो फिचर]

काठमाडौँ- कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौँ आइपुगेका उनी स्वदेश फर्किएका हुन्। उनलाई राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरे।

बिदाइका लागि उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि विमानस्थल पुगेका थिए।

नेपाल रहँदा थानीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेटवार्ता गरे। कतारी राजा थानीको भ्रमणका क्रममा नेपाल-कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ।

प्रधानमन्त्री दाहालसँग आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि दुवै देशका सरकारी तहका विभिन्न मन्त्रालयअन्तर्गतका ६ वटा र निजी क्षेत्रका थप २ सहित ८ विषयमा सम्झौता भएको छ। सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारी समकक्षीले हस्ताक्षर गरेका छन्।

उनको सम्मानमा मंगलबार राष्ट्रपति पौडेलले उनको सम्मानमा रात्री भोजको आयोजना पनि गरेका थिए। त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि आज दिवा भोजको आयोजना गरेका थिए।

 

प्रकाशित: १२ वैशाख २०८१ १३:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 10 =