प्रधानमन्त्री प्रचण्ड र कतारका अमिरबीच भेटवार्ता आज

हिमाल प्रेस १२ वैशाख २०८१ ७:१४
2
SHARE
प्रधानमन्त्री प्रचण्ड र कतारका अमिरबीच भेटवार्ता आज राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका अमिर (राजा) सेख तमिम विन हमाद अल थानीलाई स्वागत गर्दै। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज द्विपक्षीय वार्ता हुने भएको छ।

दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका उनले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् ।

वार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन्। कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजै स्वदेश फर्कने छन्।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मंगलबार अपराह्न नेपाल आइपुगेका हुन्।

राष्ट्रपति पौडेलले हिजो अल थानीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए। राष्ट्रपति पौडेलसँग उनले हिजै भेटवार्ता गरेका थिए।

सो भेटमा नेपाल र कतारबिच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो। राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा हिजो साँझ राजकीय भोजको आयोजना पनि गरेका थिए।

 

प्रकाशित: १२ वैशाख २०८१ ७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − one =