रेडक्रसको ग्याल्थुम उपशाखामा नयाँ नेतृत्व, २८ जनाले गरे रक्तदान

हिमाल प्रेस १२ वैशाख २०८१ ६:०४
78
SHARES
रेडक्रसको ग्याल्थुम उपशाखामा नयाँ नेतृत्व, २८ जनाले गरे रक्तदान

हेलम्बु– नेपाल रेडक्रस सोसाइटी ग्याल्थुम उपशाखाको नयाँ कार्यसमिति चयन गरिएको छ। संस्थाको आठौँ साधारणसभाबाट खिलप्रसाद लामिछानेको सभापतित्वमा सर्वम्मत कार्यसमिति चयन गरिएको हो।

उपसभापतिमा लक्ष्मी सुनार, सचिवमा बोधविक्रम पण्डित, कोषाध्यक्षमा श्यामसुन्दर लामिछाने सहसचिवमा झलकप्रसाद लामिछाने र उपकोषाध्यक्षमा उमेश ज्योति चयन भएका छन्। यसैगरी सदस्यहरूमा सीता क्षेत्री लामिछाने, योगबहादुर पण्डित, खामसुङ लामा, आसाराम तामाङ र कृष्णबहादुर थापा चयन भएका छन्।

साधारणसभा हेलम्बु गाउँपलिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा जिल्ला सभापति राजेन्द्रमान ताल्चाभँडेल र आजीवन सदस्यहरूको उपस्थिति थियो।

लोकतन्त्र दिवसको अवसरमा आयोजित सोही कार्यक्रममा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी ग्याल्थुम उपशाखा र हेलम्बु गाउँपालिकाको संयुक्त आयोजनामा भएको थियो।

रक्तदान कार्यक्रम हिमालयन लघुवित्त वित्तीय संस्था र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेलम्बु शाखाको सहकार्यमा भएको थियो भने नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले प्राविधिक सहयोग गरेको थियो।

कार्यक्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पा, प्रमुख प्रशाकीय अधिकृत राजुभाइ श्रेष्ठ ,स्वास्थ्य शाखा प्रमुख अर्जुन श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सदस्य नारायण गिरी, नेपाल रेडक्रस सोसाइटी ग्याल्थुम उपशाखाका सभापति खिलप्रसाद लामिछानेलगायत २८ जनाले रक्तदान गरेका थिए।

प्रकाशित: १२ वैशाख २०८१ ६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − one =