वीरेन्द्र तालमा हिमपहिरो, बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्कता

हिमाल प्रेस ९ वैशाख २०८१ ११:५३
26
SHARES
वीरेन्द्र तालमा हिमपहिरो, बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्कता गोरखाको चुमनुब्री गाउँपालिका- १ मा रहेको वीरेन्द्र ताल। तस्बिर सौजन्य : कल्पना श्रेष्ठ

पोखरा– गोरखाको चुमनुब्री गाउँपालिका- १ मा रहेको वीरेन्द्र तालमा हिमपहिरो र चट्टान खस्दा बूढीगण्डकीमा पानीको सतह बढेको छ। आइतबार बिहान ८ बजेर ४५ मिनेटमा भएको सो घटनामा पानीको बहावले बाढी आउँदा सामागाउँको कच्ची पुल बगाएको छ।

सशस्त्र प्रहरी बल नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णराज पाठकले हिमपहिरो र चट्टान खस्दा नदीमा पानीको सतह बढेको बताए। उनका अनुसार एउटा कच्ची पुल बगाएको छ। उक्त पुलले साम्दु र सामागाउँ जोड्छ। तालभन्दा करिब १ किलोमिटर तलमात्र मानिसको बस्ती छ। घटनाको खबरपछि सामागाउँ प्रहरी चौकीको टोली ताल क्षेत्रमा पुगेको छ।

तालबाट निस्केको पानीले बूढीगण्डकी नदीको बहाव बढेको छ। प्रशासनले तटीय क्षेत्रहरु गोरखा र धादिङ सिमाना (धार्चे, आरुघाट) लगायतमा सतर्कता अपनाउन अपिल गरेको छ।

९ वर्षअघि पनि उक्त तालमा हिमपहिरो खसेर बाढी आउँदा सामागाउँ–साम्दो जोड्ने पुल बगेको थियो। वीरेन्द्र ताल गोरखा सदरमुकामदेखि ५२ कोस टाढा पर्छ। चुमनुब्री सडक यातायातले नछोएका पालिका हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 8 =