म्याग्दीका विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

हिमाल प्रेस ७ वैशाख २०८१ ७:०६
4
SHARES
म्याग्दीका विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी- म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना गरिएको छ। जिल्लाको रघुगंगा गाउँपालिका–३ मौवाफाँटको ज्ञानोदय माध्यमिक विद्यालय, अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको प्रभा मावि र धवलागिरि गाउँपालिका–४ मुदीको बुद्धिविकास माविमा २०/२० वटा कम्प्युटरको व्यवस्थापन गरेर कम्प्युटर प्रयोगशाला सञ्चालनमा ल्याइएको हो।

क्वालिटी एजुकेसन नेपाल, अस्ट्रेलिया र एजुटेक नेपाल, न्युजिल्यान्डको आर्थिक सहयोगमा समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)ले संयोजन गरेर १५/१५ लाख लागतमा उक्त आधुनिक कम्प्युटर प्रयोगशला स्थापना गरिएको छ। तीनवटा विद्यालयमा सर्भर सिस्टमबाट चल्ने २० वटा कम्प्युटर जडान गरिएको लर्नका निर्देशक कृष्ण तिलिजाले जानकारी दिए।

उनका अनुसार आधुनिक कम्प्युटर ल्याबका रुपमा स्थापना गरिएको कम्प्युटर कक्षलाई डिजिटल साक्षरताका रुपमा विकास गर्न उपयोग गरिनेछ।

विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना भएपछि विद्यार्थीलाई प्रयोगात्मक अभ्याससहित कम्प्युटर विषयको पठनपाठन गराउन सहज हुने ज्ञानोदय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीले बताए।

‘विद्यालयका कम्प्युटर पुराना भएर बिग्रिएपछि विद्यार्थीले अभ्यास गर्न पाएका थिएनन्,हामीले कम्प्युटर बनाउन हैरानी खेप्नुपरेको थियो,अहिले लर्नको नेतृत्वमा दातृ संस्थाको सहयोगमा सुविधा सम्पन्न र आधुनिक कम्प्युटर कक्ष तयार भएको छ,अब विद्यार्थीसँगै समुदायमा नै डिजिटल साक्षरताको पहुँच विस्तार हुने विश्वास लिएका छौँ,’उनले भने। रासस

प्रकाशित: ७ वैशाख २०८१ ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 3 =