युएईमा आएको बाढीमा परी भरतपुरका मोहनको मृत्यु

हिमाल प्रेस ६ वैशाख २०८१ १७:१८
26
SHARES
युएईमा आएको बाढीमा परी भरतपुरका मोहनको मृत्यु युएईमा आएको बाढी

काठमाडौँ-  संयुक्त अरब इमिरेट्स (युएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ। आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यू भएको हो।

युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ। उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको जानकारीमा आएको दुतावासले जनाएको छ।

युएईमा दुई दिनदेखि परेको बर्षाका कारण बाढी आइरहेको छ। बाढीका कारण युएईका सरकारी कार्यलय बन्द रहेको दूतावासले जानकारी दिएको छ। सरकारी कार्यलय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी लिन नसकिएको बताइएको छ। पुन भिजिट भिसामा युएई पुगेको दूतावासले जनाएको छ।

प्रकाशित: ६ वैशाख २०८१ १७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 12 =