७५ वर्षयताकै ठूलो समुद्री आँधीका कारण अस्तव्यस्त यूएई, नेपालीसमेत प्रभावित [फोटो फिचर]

हिमाल प्रेस ६ वैशाख २०८१ १४:२४
104
SHARES
७५ वर्षयताकै ठूलो समुद्री आँधीका कारण अस्तव्यस्त यूएई, नेपालीसमेत प्रभावित [फोटो फिचर]

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (यूएई)मा मंगलबार आएको समुद्री आँधीका कारण हवाई, यातायात अन्य सेवा अस्तव्यस्त भएका छन्। समुद्री आँधीका कारण यहाँको सबैभन्दा बढी हवाई र यातायात क्षेत्र प्रभावित छन्। यूएईमा मंगलबार भएको रेकर्ड वर्षापछि विमानस्थल धावनमार्गमा बाढी आएको थियो। जसका कारण युएई अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बाढी आएपछि दुबई विमानस्थल अस्तव्यस्त बनेको त्यहाँ कार्यरत नेपाली कामदारहरु बताउँछन्।

विमानस्थलको पार्किङ सुरक्षा गार्डमा कार्यरत झापाका मनोज गिरीका अनुसार अहिलेसम्म विमानस्थलमा धेरै पानी जमेको छ। जसका कारण बाहिर निस्कन सक्ने अवस्था नभएको उनले सुनाए। उनका अनुसार बाढीका कारण सेवा अवरुद्ध हुँदा वैदेशिक रोजगारीमा गएका सयौं नेपालीहरू पनि प्रभावित भएका छन्। बाढीबाट यातायात क्षेत्र प्रभावित भएपछि उनीहरु रोजगारस्थलमा जान नसकी विमानस्थलमै रोकिएका छन्।

सोमबार साँझ यूएई वैदेशिक रोजगारीमा गएका पाँचथरका बिक्रम लिम्बु कम्पनी पुग्न सकेका छैन। मंगलबार आएका समुद्री आँधी कारण विमानस्थलको यात्रु प्रतिक्षालयमै बसिरहेको लिम्बुले बताए।‘अहिले विमानस्थलमा ठुलो सख्यामा यात्रु बसेका छन्। आजदेखि हवाई सञ्चालनमा आउने भनिएको छ। तर अझै समुद्री आँधीको सम्भावना भएका कारण केही भन्न सक्ने अवस्था छैन’ उनले हिमाल प्रेससँग भने।

युएई विमानस्थलमा स्वदेश फर्किने र जाने गरी ५ सयभन्दा बढी नेपाली रोकिएको अनुमान छ। यूएईमा आएको समुद्री आँधीका कारण यहाँ कार्यरत नेपाली कामदार पनि प्रभावित भएको यूएईस्थित नेपाली दूतावासका कन्सुलर दीनबन्धु सुवेदीले जाकारी दिए।

उनका अनुसार यूएईमा आँधीका कारण अहिलेसम्म कोही नेपाली गम्भीर समस्या परेको सूचना आएको छैन। समुद्री आँधीका कारण नेपाली समस्या परेकी भने यूएई प्रहरीसँग सूचना लिइरहेको उनको भनाइ छ। मंगलबार नै दूतावासले सूचना जारी गदै सबै नेपाली आफ्नो कम्पनी अथवा बसोबास गरेको क्षेत्रको अवस्था बुझेर मात्र बाहिर निस्कन सूचित गराएको छ।

यूएईमा मंगलबार ११० मिलिमिटर वर्षा भएको छ, जुन ७५ वर्षयताकै उच्च भएको बताइएको छ। धेरै एयरलाइन्सहरू मंगलबार र बुधबार उडानहरू रद्द गर्न र पुनः तालिका बनाउन बाध्य भएको बताइएको छ। यूएई विमानस्थलले यात्रुहरूलाई आउनुअघि उनीहरूको उडानको स्थितिको बारेमा जानकारी लिन पटक–पटक सूचनामार्फत आग्रह गर्दै आएको छ।

विमानस्थल अधिकारीले छिट्टै विमान अवतरण तथा अन्य ह्याण्डलिङको काम गर्ने बताए पनि त्यहाँ जमेको पानी हटाउन समय लाग्ने विदेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन्। विश्वका ठूला विमानस्थलअन्तर्गत पर्ने युएई विमानस्थलले यात्रुहरूलाई उनीहरूको उडानको बारेमा नयाँ जानकारीका लागि सिधै आफ्नो एयरलाइन्ससँग सम्पर्क गर्न सूचनामार्फत जानकारी गराइरहेको छ।

समुद्री आँधी ओमानमा मच्चाएर सोमबारदेखि युएई र बहराइन प्रवेश गरेको त्यहाँको अध्यागमन विभागले जनाएको छ। आँधीका ओमानमा बालबालिकासहित १८ जनाको मृत्यु भएको थियो। भने, यूएईमा एक जनाको मृत्यु भएको थियो। बाढीले बगाएका १ सय ५० बढीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको यूएईको खालिज टाइम्स अनलाइनले जनाएको छ।

युएईको खालिज टाइम्स अनलाइनका अनुसार बाढीका कारणले आवागमनमा कठिनाइ भएपछि आगामी शुक्रबारसम्म घरबाटै काम गर्न सरकारी कर्मचारीलाई निर्देशन दिइएको पनि युएईको खालिज टाइम्स अनलाइनले जनाएको छ।

फोटो – रोयटर्स

प्रकाशित: ६ वैशाख २०८१ १४:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + four =