बालकुमारी-ग्वार्को सडक ६ रात बन्द हुने

हिमाल प्रेस ६ वैशाख २०८१ ७:४५
10
SHARES
बालकुमारी-ग्वार्को सडक ६ रात बन्द हुने

काठमाडौँ- ललितपुरको बालकुमारी–ग्वार्को सडक ६ रात पूर्णरूपमा बन्द हुने भएको छ।

जिल्ला सुरक्षा समितिले बिहीबारदेखि वैशाख ११ गतेसम्म रातको समयमा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो ।

ललितपुरका एसएसपी शेखर खनालले सो सडकमा राति १० बजेदेखि ४ बजेसम्म सवारी साधनका साथै पैदल यात्रीलाई समेत हिँड्न निषेध गरिएको छ।

फ्लाई ओभर निर्माण गर्न सडक नै बन्द गर्न लागिएको छ। ग्वार्को फ्लाइओभरको काम धमाधम भइरहेको छ।

 

प्रकाशित: ६ वैशाख २०८१ ७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =