सुहाङलाई मत माग्दै ओलीले भने– देश बनाउने युवा हुन्, जिताउनुस्

हिमाल प्रेस ५ वैशाख २०८१ १९:१३
30
SHARES
सुहाङलाई मत माग्दै ओलीले भने– देश बनाउने युवा हुन्, जिताउनुस्

इलाम– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार सुहाङ नेम्वाङलाई मतदान गर्न आह्वान गरेका छन्। बुधबार इलामको मंगलवारे बजारमा आयोजित चुनावी सभामा उनले देश बनाउने संकल्प बोकेर हिँडेका सुहाङ इलामेली जनताको साझा उम्मेदवार भएकाले जिताउनुपर्ने बताए।

अध्यक्ष ओलीले देश बनाउने योजना, गन्तव्य र उद्देश्य सुहाङसँग रहेको र त्यसलाई साकार पार्ने एमाले पार्टी भएको जिकिर पनि गरे। सुहाङले इलाम बनाउने अवसरको रूपमा सांसद पदलाई उपयोग गर्न चाहेकाले पनि इलामेली जनताले मतदान गरेर निर्वाचनमा अत्याधिक मतका साथ विजयी गराउनुपर्ने उनको भनाइ थियो।

अध्यक्ष ओलीले अन्य दलका उम्मेदवारमा देश बनाउने योजना र संकल्प दुवै नभएको दावीसमेत गरे।

प्रकाशित: ५ वैशाख २०८१ १९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 4 =