घूससहित सबइन्जिनियर पक्राउ

हिमाल प्रेस २९ चैत २०८० ६:४६
12
SHARES
घूससहित सबइन्जिनियर पक्राउ

पोखरा- पोखरा महानगरपालिकाका सबइन्जिनियर उषाकिरण रोकाया अख्तियारको फन्दामा परेकी छन्। उनलाई पोखरा ५, मालेपाटनबाट अख्तियारले बुधबार राति १ लाख ५० हजार घूस सहित पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आस्मान तामाङले उक्त रकमसहित पक्राउ गरिएको र प्रक्रिया हुँदै गरेको जानकारी दिए। रोकायालाई घर सम्पन्न प्रमाणपत्रका नाममा घूस लिएको पुष्टि भएपछि पक्राउ गरिएको हो।

प्रकाशित: २९ चैत २०८० ६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =