आज सुनको भाउ बढ्यो, तोलाको कति?

हिमाल प्रेस २६ चैत २०८० ११:३७
910
SHARES
आज सुनको भाउ बढ्यो, तोलाको कति?

काठमाडौँ- नेपाली बजारमा सुनको भाउ आज पनि वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा छ सय रुपैयाँले वृद्धि भएको छ।

आइतबार प्रतितोला एक लाख ३५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३६ हजार दुई सय कायम भएको छ।

तेजाबी सुन तोलामा एक लाख ३५ हजार पाँच सय ५० तय भएको छ। आइतबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो।

चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ। आइतबार तोलामा एक हजार छ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ८५ निर्धारण भएको छ।

याे पनि

सुन कारोबार ‘शून्य’, व्यवसायी भन्छन् : भाउ अझै बढ्छ

प्रकाशित: २६ चैत २०८० ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 14 =